कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोनाको संक्रमण रोकथामका लागि धार्मिक भेला र उत्सवमा रोक लगाउने निर्णय गरेको छ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नियन्त्रणका लागि बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र (डीसीएमसी) को बैठकले धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजाबाहेकका भेला र उत्सवमा रोक लगाउने निर्णय गरेको हो।
यसैगरी डीसीएमसीले सबै नागरिकलाई खोप लगाउन जनस्वास्थ्य कार्यालयसँग समन्वयका लागि स्थानीय तहलाई निर्देशन दिने भएको छ। यसका साथै त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा पनि समीक्षा भएको छ ।
Facebook Comment
Comment