जुवाको खालबाट कलाकार गजित विष्ट, इकु र चक्र बमसहित ९ जना पक्राउ

नेपालभ्युज

जुवाको खालबाट कलाकार गजित विष्ट, इकु र चक्र बमसहित ९ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना कलाकार पक्राउ परेका छन् ।

घटना पाँचदिन अघिकै रहेको खुलेको हो। शनिबार राति प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्था प्रहरीले नृत्य निर्देशक तथा कलाकार गजित विष्ट, कलाकार शंकर आचार्य, कलाकार इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र विष्ट, रोशन सिंह, गायक चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारीसहितलाई प्रकाउ गरेको थियो ।

जुवाखालबाट पक्राउ परेका उनीहरुलाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेका कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved