इजरायलमा मृत्यु भएका नेपालीप्रति समर्पित समीक्षाको शोक गीत

नेपालभ्युज

इजरायलमा मृत्यु भएका नेपालीप्रति समर्पित समीक्षाको शोक गीत

काठमाडौं। इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरिकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपालीहरूको विदेशिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरेको पाइन्छ। विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेतको सशक्त अभिनय रहेको छ।

गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ। वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved