श्रीनिवास नाम राखेका दिनेश पण्डितविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता

नेपालभ्युज

श्रीनिवास नाम राखेका दिनेश पण्डितविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता

मोरङ। आचार्य श्रीनिवास नाम राखेका दिनेश पण्डितविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता भएको छ।

केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी पक्राउ परेका थिए।

घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरिएको बताए।

आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पु¥याएको थियो। हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved