काठमाडौं । पाल्पाको रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालयमा गुल्मीमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ का ५० वर्षीया मनकला चुदारा र कास्की पोखरा महानगरपालिका–२५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार आठजना घाइते भएका छन् । घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गुल्मीदेखि तानसेनतर्फ आउँदै गरेको लु १ ज ४६०० नंको जिप आज विहान करिब साढे ८ बजे पाल्पाको जोर्तेमा सुक्खा पहिरोमा परेको थियो ।
Facebook Comment
Comment