राजनीतिका नाममा हिंसा गर्नेको मुद्दा खारेज गर्नुहुन्न- रमेश लेखक

नेपालभ्युज

राजनीतिका नाममा हिंसा गर्नेको मुद्दा खारेज गर्नुहुन्न- रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहको मुद्दा खारेज गर्नेगरी ऐन पारित गर्नु नहुने बताएका हुन् ।

‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । जुन हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहलाई शान्तिपूर्ण राजनीतिमा आएपछि उन्मुक्ति दिने प्रकारको छ’, उनले भने, ‘यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ । यसलाई त्यतिकै पारित गर्नु हुँदैन ।’

उनले कानूनलाई समायानुकुल बनाउनुपर्ने तर्क पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved