जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु

नेपालभ्युज

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु

जनकपुर । जनकपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि जनकपुर क्षेत्र तनावग्रस्त बनेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका परिकौली चौक दामोदर स्कुलअगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको परिकौली निवासी ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिथिला इंस्टिट्युट अफ टेक्नोलोजी एमआईटी जनकपुरको बा.२ क १५३६ नम्बरको बसले जनकपुरबाट जलेश्वर आउने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved