समाजवादी मोर्चाले जिल्लास्तरमा पनि समन्वय समिति बनाउने

नेपालभ्युज

समाजवादी मोर्चाले जिल्लास्तरमा पनि समन्वय समिति बनाउने

काठमाडौं । समाजवादी मोर्चाले जिल्लास्तरमा पनि समन्वयन समिति बनाउने भएको छ । सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको हो ।

मोर्चाको सोमबार बसेको बैठकले प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३–३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै जिल्ला समिति पार्टी प्रमुखसहित २–२ जना रहने गरी गठन गर्ने निर्णय भएको बताइएको छ ।

त्यस्तै प्रदेश र जिल्लामा सबै दलबाट १–१ जना प्रतिनिधित्व रहने गरी सचिवालय गठन गरी संचालन गर्न पनि परिपत्र भएको छ ।

मोर्चाले यसअघि नै भदौ ८ गतेदेखि २५ गतेसम्म सातै प्रदेशको मुख्यमुख्य सहरमा सभा गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved