प्रधानमन्त्रीलाई भेट्दै बागेश्वर बाबा, राष्ट्रपतिले दिएनन् समय

नेपालभ्युज

प्रधानमन्त्रीलाई भेट्दै बागेश्वर बाबा, राष्ट्रपतिले दिएनन् समय
बागेश्वरधाम सरकार बताउने धीरेन्द्रकृष्ण गर्ग

काठमाडौं । विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दैछन् ।

बताइएअनुसार उनले बिहान ९ बजेपछि प्रधानमन्त्रीलाई भेट्नेछन् । प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् ।

शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बताएको छ । सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ ।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले बेहोर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved