सरकारले खुलायो जग्गा कित्ताकाट

नेपालभ्युज

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौँ।  रोक्का रहेको  जग्गा कित्ताकाट सरकारले खुला गरेको छ।

आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो।

मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो। कित्ताकाट खुला नहुँदा काठमाडौंका घरजग्गा बिक्री वितरणमा असर परेको सरकारको ठहर छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो।

प्रधानमन्त्री ज्यू ! जग्गा कित्ताकाट खोलेर अर्थतन्त्र बलियो हुन्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved