रिस धेरै उठ्छ ? नखानुहोस् यस्ता चिज

नेपालभ्युज

रिस धेरै उठ्छ ? नखानुहोस् यस्ता चिज

एजेन्सी। कैयौंपटक रिस उठ्नुको कारण मुड खराब हुनु मात्र हुँदैन । तपाईंको रिसका पछाडि खानपिनले पनि अहम भूमिका खेलिरहेको हुन्छ ।

आयुर्वेदमा यस्ता खानालाई राजसिक श्रेणीमा राखिन्छ । जानौं, रिस बढाउनमा कस्ता खानाहरूको विशेष भूमिका रहन्छ ।

मसालेदार खाना

मसालेदार खानाले रिस बढाउने काम गर्छ । यदि, तपाईंले तनाव महसुस गरिरहनु भएको छ भने तपाईं मसलादार खाना खानबाट बच्नुपर्दछ । किनकि, मेटाबोलिज्म सुस्त हुनाले गर्दा खाना पच्न पाउँदैन । जसकारण एसिड रिफ्लेक्स हुन्छ र चिडचिडाहट बढ्छ ।

ट्रान्स फ्याट

क्यालिफोर्निया युनिभर्सिटीमा गरिएको एक अध्ययनअनुसार जति धेरै ट्रान्स फ्याट खाइन्छ, त्यति नै रिस धेरै उठ्ने गर्छ । यस्तो हुनुको कारण ट्रान्स फ्याटले मेटाबोलिज्मलाई प्रभावित पार्ने गर्छ ।

क्याफिन

धेरै कफी पिउँदा निद्रा लाग्दैन जसले गर्दा तपार्ईलाई धेरै रिस उठ्न सक्छ । यसले तपाईं चिडचिडा पनि हुन सक्नुहुन्छ । त्यसैले सुत्नुभन्दा ३ घण्टा अगाडि देखि चिया कफीको सेवन गर्नुहुँदैन ।

प्रशोधित खाना

कतिपयलाई कुकिज, चिप्स तथा पास्ता, चाउचाउ, बिस्कुट आदि खाने एकदमै इच्छा हुन्छ । यसले तपाईंको रिस बढाउन सक्छ । यसले शरीरमा सुगरको मात्रा अचानक बढ्छ जसले गर्दा मुड स्विंग हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved