साउन लागेसँगै पोते पसलहरुमा महिलाको भिड (फोटो फिचर)

साउन लागेसँगै पोते पसलहरुमा महिलाको भिड (फोटो फिचर)

काठमाडौं । साउन महिना सुरु भएसँगै हिन्दु महिलाहरू हातमा मेहेन्दी, चुरा र गलामा हरियो पोते लगाउने गर्दछन्।

भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दीका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन् ।

विवाहित महिलाहरुमा साउन महिनामा हरियो-पहेँलो पोते र मेहेन्दी लगाउदा श्रीमानको दीर्घ आयु हुने धार्मिक विश्वास रहीआएको छ ।

यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाउँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। साउन महिना सुरु भएसँगै काठमाडौं पुरानो बजार, इन्द्रचोकमा रहेका पोते पसलहरुमा महिलाहरूको भिड लाग्ने गर्दछ । तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved