सेयरधनीलाई २५ प्रतिशत बोनस दिने लगानी कोष

नेपालभ्युज

सेयरधनीलाई २५ प्रतिशत बोनस दिने लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कोषको आइतबार सम्पन्न २८ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

आव २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपियाँ पुगेको साधारण सभामा प्रस्तुत विवरणमा उल्लेख छ । यो अवधिमा कोषले दुई खर्ब १२ अर्ब ६४ करोड रुपियाँ लगानी गरेको छ ।

त्यस्तै, कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिस अनुसार कोषले सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved