सेयर बजारमा झिनो अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा झिनो अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

बुधबार ३१४ कम्पनीका ७८ हजार ०१३ पटकको कारोबारमा २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८७ हजार ८७७ रुपैयाँ रहेको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved