मुखमा पटक पटक घाउ हुन्छ ? यी हुन सक्छन् अचूक उपचार

नेपालभ्युज

मुखमा पटक पटक घाउ हुन्छ ? यी हुन सक्छन् अचूक उपचार

एजेन्सी । पेटमा गर्मी वा एसिडिटीको कारणले पटक पटक मुखमा घाउ आउने समस्या हुन थाल्छ । यस समस्याबाट आराम पाउनका लागि घरमै भएका केही चिजहरूको प्रयोग गर्न सकिन्छ । त्यसका लागि एप्पल साइडर भेनेगरको प्रयोग गर्नुहोस् । यो एसिडिक हुन्छ जसले घाउमा भएका ब्याक्टेरियाहरूलाई सखाप पार्छ ।

त्यस्तै लसुनको प्रयोग गरेर पनि मुखमा भएका घाउहरुलाई निको पार्न सकिन्छ । यसका लागि लसुनको पेस्ट बनाएर घाउ भएको ठाउँमा केहीबेर लगाउने ।

साथमा टुथपेस्टको सहयोगले पनि घाउहरुलाई निको पार्न सकिन्छ । टुथपेस्टमा पाइने एन्टी-माइक्रोबियलले घाउ उत्पन्न गराउने संक्रमणलाई खतम गर्छ । त्यसैले घाउ भएको ठाउँमा टुथपेस्ट लगाउन सकिन्छ ।

यसैगरी महको सहयोगमा पनि मुखका घाउहरुलाई निको पार्न सकिन्छ । महमा थोरै बेसारको पाउडर मिसाएर घाउ भएको ठाउँमा लगाउनुहोस् । यही क्रममा दिनमा २–३ पटक दोहोर्‍याएमा घाउहरू छिटो निको हुन्छन् ।

यदि कुनै पनि बेला मुखमा उत्पन्न हुने घाउहरुबाट पीडित हुनुहुन्छ भने नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । मनतातो बनाएर घाउ भएको ठाउँमा नरिवलको तेल लगाउँदा घाउहरु छिटै निको हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved