अफिसका यी बानीले बढाउन सक्छ तौल

नेपालभ्युज

अफिसका यी बानीले बढाउन सक्छ तौल

एजेन्सी। अफिसमा कामको दबाबले गर्दा कतिपयले आफ्नो स्वास्थ्यमा ध्यान दिन सक्दैनन् । त्यस्तै, अफिसमा कामका समयमा देखाउने केही खराब बानीले शरीरको तौल पनि बढ्न सक्छ ।

लगातार बसिरहनु

डेस्कमा काम गर्ने व्यक्तिहरू प्रायः घन्टौंसम्म बसिराखेर काम गर्दछन् । यसले गर्दा मेटाबोलिज्म सुस्त हुन थाल्छ र क्यालोरी बर्न हुन पाउँदैन जो तौल बढ्नुको कारण बन्न सक्छ ।

रातमा ढिला काम गर्नु

प्रायः धेरै लामो समयसम्म रातमा काम गर्ने मानिसलाई पनि तौल बढ्ने समस्या देखिने गर्दछ । किनकि रातमा लामो समय काम गरिरहँदा मानिसलाई भोक लाग्न सक्छ जसले गर्दा उनीहरुले अस्वस्थकर खाना धेरै सेवन गर्दछन् ।

खानाको समय

कतिपय व्यक्ति कामको चक्करमा कुनैबेला एकदमै छिटो त कुनै बेला एकदमै ढिला खाने गर्दछन् । यो नराम्रो बानी पनि तौल बढ्नुको पछाडि एउटा कारण हो ।

तनाव

आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने धेरै स्ट्रेस लिनबाट बच्नुहोस् । तनावले कोर्टिसोल हर्मोन बढ्छ जसले तपाईंलाई क्रेविङ हुन्छ र तपाईं ओभरइटिंगको शिकार बन्नुहुन्छ ।

डेस्कमा खाना

कैयौं पटक काम धेरै हुँदा मानिस काम गर्ने डेस्कमै खाना खान्छन् । खाना खानेबेला अर्को काममा ध्यान दिँदा मेटाबोलिज्म सुस्त हुन्छ जसले गर्दा तौल बढ्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved