महिलाको सुन्दरताका लागि क्यास्टर तेल

नेपालभ्युज

महिलाको सुन्दरताका लागि क्यास्टर तेल

एजेन्सी । क्यास्टरको तेलमा धेरै प्रकारका गुणहरु पाइन्छन्, जो महिलाका लागि एकदमै फाइदाजनक हुन्छन् ।

त्यसैले यस तेलले महिलाले आफूलाई सुन्दर तथा स्वस्थ बनाउन सक्छन् । क्यास्टर तेलमा एन्टी इन्फ्लामेटरी, एन्टीब्याक्टेरियल, प्राकृतिक ल्याक्सेटिव, ओमेगा ९ फ्याटी एसिड आदि गुण पाइन्छन् ।

यस तेलबाट महिलाले आफ्नो स्तन मसाज गर्न सक्छन् । जसले गर्दा स्तनसँग जोडिएका धेरै समस्याबाट छुट्कारा पाउन सकिन्छ । दैनिक यस तेलले स्तन मसाज गर्दा ‘स्ट्रेच मार्क्स’ तथा छाला तन्किएको समस्या कम हुन सक्छ ।

त्यस्तै कपालका लागि पनि यो तेल एकदमै राम्रो हुन्छ । यसले कपाल झर्न तथा नयाँ कपाल पलाउनका लागि एकदमै राम्रो काम गर्छ । त्यसका लागि तेलले नुहाउनु भन्दा १ घण्टा अघि वा राति सुत्नु अघि मसाज गर्न सकिन्छ । जसले गर्दा कपालमा पोषण पुग्छ र कपाल बलियो तथा बाक्लो हुन्छ ।

क्यास्टरको तेलले कब्जियतमा पनि फाइदा गर्छ । यो तेलको सेवनले कब्जियतबाट राहत पाउन सकिन्छ । यसमा प्राकृतिक ल्याक्सेटिव पाइन्छ जसले कब्जियतमा फाइदा गर्छ । तर यसको सेवन एकदमै कम मात्रामा गर्नु पर्दछ ।

महिलाको स्तन सुन्निएको अवस्थामा पनि यस तेलको प्रयोग गर्न सकिन्छ । त्यसका लागि स्तनको वरिपरि यस तेलले हल्का हातले मसाज गर्नु पर्दछ ।

यसरी नै जोर्नीको दुखाईमा पनि यो तेलले मसाज गर्दा एकदमै फाइदा गर्छ । जोर्नीहरु दुखेको बेला क्यास्टर तेललाई मनतातो बनाएर बनाएर मसाज गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved