के तपाईंको पनि समयअघि नै कपाल फूल्न थाल्यो ? कारण जान्नुहोस्

नेपालभ्युज

के तपाईंको पनि समयअघि नै कपाल फूल्न थाल्यो ? कारण जान्नुहोस्

एजेन्सी । कपालले सुन्दरता बढाउने काम गर्दछ । कालो, बाक्लो तथा बलियो कपाल राम्रो स्वास्थ्यको संकेत मानिन्छ । कपाल झर्ने समस्याले त हरेक मानिस गुज्रिरहेका हुन्छन् तर अहिलेको जल्दोबल्दो समस्या भनेको समय अगाडी सेतो हुनु वा फुल्नु हो ।

यो समस्याले धेरै युवायुवती समेत चिन्तित देखिन्छन् । पहिले कपाल फुल्नुलाई बुढ्यौली लागेको मानिन्थ्यो । तर अहिले कम उमेरका मानिसमा पनि यो समस्या बढिरहेको छ । यसका पछाडि खराब जीवनशैली, आनीबानी तथा कपालको स्याहारसँग सम्बन्धित छ ।

यदि तपाईंको कपाल पनि समय भन्दा पहिले नै सेतो भइरहेको छ भने जान्नुहोस् यसका पछाडि के कस्ता कारण हुन सक्छन् र कसरी नियन्त्रण गर्न सकिन्छ ।

कपालमा तेल नलगाउनु

तेल लगाउँदा सीबमको उत्पादनलाई नियन्त्रण गर्न सहयोग पुग्छ जसले स्काल्प सुख्खा हुँदैन र चिलाउने समस्या पनि हट्छ । नियमित रुपमा कपालमा तेल लगाउनाले कपाल समय भन्दा पहिला सेतो हुने सम्भावना कम हुन सक्छ ।

खराब खानपान

खानपानको सीधा असर हाम्रो शरीर, छाला तथा कपालमा पर्दछ । त्यसैले खानामा आवश्यक भिटामिन तथा पोषक तत्वको कमीले पनि कपाल समय भन्दा पहिलै सेतो हुने गर्दछ । त्यसैले जंक, चिल्लो, प्रशोधित खानाको सेवन कम गर्नुपर्छ ।

तनाव

तनावले अनिद्रा, चिन्ता तथा भोकमा परिवर्तन हुने समस्याको सामना गर्नुपर्ने हुन्छ जसले गर्दा कपाल झर्ने, सेतो हुने समस्या उत्पन्न हुन्छ । त्यसैले यदि तपाईं धेरै चिन्ता लिने गर्नुहुन्छ भने त्यो हटाउन ध्यान, योग आदि गर्नुहोस् ।

धुमपान

समयभन्दा पहिले नै कपाल सेतो हुने एउटा कारण धुमपान पनि हो । चुरोटमा हुने विषाक्त पदार्थले हाम्रो कपालका रोमछिद्रमा नोक्सान पुर्‍याउँछ जसले गर्दा कपालबाट प्राकृतिक रंग हट्न थाल्छ ।

युवी रेज

समयभन्दा पहिला कपाल सेतो हुनुको अर्को कारण रहेको छ घाममा धेरै जानु । किनकी घामबाट निस्कने खराब किरणको असरले कपाल ड्यामेज हुने तथा समय अघि नै फुल्ने समस्या हुन सक्छ । त्यसैले बाहिर निस्कँदा अनुहारसँगै कपाललाई पनि राम्रोसँग ढाक्नु पर्दछ ।

केमिकल

विभिन्न थरीका रंग लगाउने तथा धेरै केमिकल भएका सामग्रीको प्रयोगले पनि कपाल बिग्रन्छ । यस्ता केमिकल कपालको जरामा पटक पटक पुगिराख्दा नराम्रो असर गर्छ । जसले गर्दा कपाल चाँडो नै सेतो हुने वा फुल्ने समस्या आउँछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved