मकवानपुर। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटिएको छ। मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचनका लागि उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर हल्लीखल्ली भयो।
सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइलै खाली भेट्टिएपछि मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडे । सो समयमा केही समय सदनभित्र सांसदहरूबीच हेराहेरको अवस्था सिर्जना भएको थियो ।
आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए ।
Facebook Comment
Comment