अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित

नेपालभ्युज

अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित

गण्डकी । गण्डकी प्रदेश सरकारको आयोजनामा   बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गरी पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

मुख्यमन्त्रीको यो सम्मेलन दोस्रोपटक हुन लागेको हो । यसअघि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको बैठकले नौबुँदे घोषणापत्र जारी गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved