चोलेन्द्रको आदेशले हामीलाई धरपकड गरियो – बार अध्यक्ष श्रेष्ठ (भिडिओ)

प्रधानन्यायाधीश भ्रष्टाचारको नाइके भएको आरोप

नेपालभ्युज

चोलेन्द्रको आदेशले हामीलाई धरपकड गरियो – बार अध्यक्ष श्रेष्ठ (भिडिओ)

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भ्रष्टाचारको नाइके भएको आरोप लगाएका छन्।

न्यायापालिकाभित्र बिचौलिया व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको भन्दै समग्र कानून व्यवासायीहरूलाई यसविरुद्ध साथ दिन पनि उनले आग्रह गरेका छन्।

“न्यायापालिकाभित्र विसंगति र भ्रष्टाचार व्याप्त रहिरहेको छ। हामीले प्रधानन्यायाधीशको राजीनामा मागिरहेका थियौं, अब राजीनामा होइन, प्रधानन्यायाधीशलाई पदच्यूत गराउनुर्छ,” श्रेष्ठले धर्नालाई सम्बोधन गर्दै भने।

१४ कात्तिकदेखि बारले प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ। यी आन्दोलन दबाउन र प्रहरी प्रशासन लगाएर आफूहरूविरुद्ध हस्तक्षेप गराउने मुख्य भूमिका पनि प्रधानन्यायाधीश राणाको भएको श्रेष्ठको आरोप थियो। यसको प्रमुख जिम्मेवार न्याय प्रशासन भएको उनले बताए।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यावसायीहरूले आज बिहान सर्वोच्च अदालतमा परिसरमा धर्ना दिएका थिए। उक्त क्रममा प्रहरीसँगको झडपमा केही कानून व्यवसायीहरू घाइते भएका छन्।

कानून व्यवसायीहरू परिसरभित्र जान खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रहरीसँगको झडमा नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेलसहित पूर्वउपाध्यक्ष कुमार शर्मा, रक्षा बस्याल, प्रकाश महर्जन, रमन कर्ण, मुकुन्द भट्टराईलगायत घाइते भएका हुन्।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा परिसरमा लफडा, प्रहरीसँगको झडपमा केही कानून व्यवसायी घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved