सर्वोच्चमा परिसरमा लफडा, प्रहरीसँगको झडपमा केही कानून व्यवसायी घाइते

सर्वोच्चमा परिसरमा लफडा, प्रहरीसँगको झडपमा केही कानून व्यवसायी घाइते

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना गरिरहेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ। झडपमा केही घाइते भएका छन्।

कानून व्यवसायीहरू परिसरभित्र जान खोज्दा प्रहरीले रोकेको थियो। प्रहरीसँगको झडपमा नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेलसहित पूर्वउपाध्यक्ष कुमार शर्मा, रक्षा बस्याल, प्रकाश महर्जन, रमन कर्ण, मुकुन्द भट्टराईलगायत घाइते भएका छन्।

उनीहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ। प्रधानन्यायाधीशलाई भोलि सर्वोच्च अदालत छिर्न नदिने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिए। भोलि शुक्रबार बिहान १० बजे बारले सर्वोच्चको गेटमा धर्ना दिने पनि जनाएको छ।

आजै नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन आफूमातहत कानून व्यवसायीलाई अनुरोध गरेको थियो।

एशोसिएशनका महासचिव लीलामणि पौडेलले सदस्यहरूलाई पत्र लेख्दै प्रधान्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved