नङ लामो बनाउने सजिलो तरिका

नेपालभ्युज

नङ लामो बनाउने सजिलो तरिका

एजेन्सी । लामो लामो नङहरु अहिलेका युवतीहरुलाई एकदमै मन पर्छ । त्यसो त अहिले ‘नेल एक्स्टेन्शन’को जमाना छ । तर पनि तपाईं आफ्ना नङहरुलाई नै बलियो र लामो बनाएर नक्कली नङ लगाउनबाट बच्न सक्नुहुन्छ ।

लामो नङ बनाउनका लागि २ चम्चा बदामको तेलमा एक सानो चम्चा कागतीको रस मिलाएर तताउने ।

केहीबेरमा तेल चिसो भयो भने कपासको सहयोगले नङमा लगाउने ।

हप्तामा चारपटक सम्म यस उपायलाई अपनाउनुभयो भने नङ बढेको देखिनेछन् ।

नङहरुलाई स्वस्थ राख्नका लागि समय समयमा मेनिक्योर ट्रिटमेन्ट गराउनु पर्दछ । यसो गरेमा नङ बलियो र सफा हुन्छन् जसले गर्दा नङ भाँचिन बाट जोगिन्छ र लामा नङ हुन्छन् ।

नङबाट पालिस मेटाउनका लागि जहिले पनि एसीटोन नभएको रिमुभर नै प्रयोग गर्नुपर्दछ । किनकी एसिटोनले नङलाई कमजोर बनाउने काम गर्छ ।

क्यूटिकल तेलको प्रयोग गर्ने गर्नुपर्छ । यो तेलले नङ वरिपरि रगतको सञ्चार बढाउँछ जसले गर्दा नङ बढ्ने गर्छ ।

साथै लामो समय नङमा पालिस लगाउनु हुँदैन । सधैं नङमा पालिस लगाउनाले नङलाई स्वास फेर्न समस्या हुन्छ । नङ बढेर टुक्रिन थाल्छ त्यसैले बेला बेलामा नङलाई फाइल गर्नुपर्दछ । यसरी नङ स्वस्थ रुपमा लामो हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved