एजेन्सी। भारतीय गायक सोनु निगमका बुबा अगमकुमार निगमबाट ७२ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । यी व्यक्ति अगमकुमार निगमका पूर्व चालक हुन् ।
आगम कुमार मुम्बईको अंधेरी वेस्ट इलाकामा बस्छन् र यो चोरी १९ देखि २० मार्चको बीचमा भएको थियो। सोनु निगमकी बहिनी निकिताले उक्त मुद्दामा उजुरी दिएकी हुन् । उजुरीका अनुसार रेहान नामका व्यक्ति आठ महिनादेखि अगम कुमार निगमको ड्राइभर थिए र हालै खराब व्यवहारका कारण हटाइएका थिए ।
आगम कुमार निगमले आइतबार छोरीलाई आफ्नो डिजिटल लकरबाट ४० लाख रुपैयाँ हराएको बताएका थिए । भोलिपल्ट उनी फेरि बाहिर निस्कँदा सोही लकरबाट थप ३२ लाख रुपैयाँ पनि चोरी भएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा रेहान दुवै दिन हातमा झोला लिएर फ्ल्याटतर्फ हिँडिरहेको देखिएको छ ।रेहानले घरको नक्कली साँचो प्रयोग गरी घरभित्र पसेर ७२ लाख रुपैयाँ चोरेको आशंका गरेको उजुरीमा उल्लेख छ ।
अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सोनु निगम जस्तै उनका बुवा पनि संगीतको दुनियाँसँग जोडिएका छन् र धेरै हिट गीतहरू गाएका छन् ।
Facebook Comment
Comment