सोनु निगमका बुबाको ७२ लाख भारु चोरी, एक जना पक्राउ

नेपालभ्युज

सोनु निगमका बुबाको ७२ लाख भारु चोरी, एक जना पक्राउ

एजेन्सी। भारतीय गायक सोनु निगमका बुबा अगमकुमार निगमबाट ७२ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । यी व्यक्ति अगमकुमार निगमका पूर्व चालक हुन् ।

आगम कुमार मुम्बईको अंधेरी वेस्ट इलाकामा बस्छन् र यो चोरी १९ देखि २० मार्चको बीचमा भएको थियो। सोनु निगमकी बहिनी निकिताले उक्त मुद्दामा उजुरी दिएकी हुन् । उजुरीका अनुसार रेहान नामका व्यक्ति आठ महिनादेखि अगम कुमार निगमको ड्राइभर थिए र हालै खराब व्यवहारका कारण हटाइएका थिए ।

आगम कुमार निगमले आइतबार छोरीलाई आफ्नो डिजिटल लकरबाट ४० लाख रुपैयाँ हराएको बताएका थिए । भोलिपल्ट उनी फेरि बाहिर निस्कँदा सोही लकरबाट थप ३२ लाख रुपैयाँ पनि चोरी भएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा रेहान दुवै दिन हातमा झोला लिएर फ्ल्याटतर्फ हिँडिरहेको देखिएको छ ।रेहानले घरको नक्कली साँचो प्रयोग गरी घरभित्र पसेर ७२ लाख रुपैयाँ चोरेको आशंका गरेको उजुरीमा उल्लेख छ ।

अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सोनु निगम जस्तै उनका बुवा पनि संगीतको दुनियाँसँग जोडिएका छन् र धेरै हिट गीतहरू गाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved