सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्घोष गरेको छ ।
गाउँपालिकाले शैक्षिक सत्र २०७९ को एसईई परीक्षामा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषण गरेको हो ।
बुधबार बसेको गाउँपालिकाको अध्यक्षस्तरीय बैठकले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भइ ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई १ लाख र ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
विद्यार्थीको मनोबल बृद्धि गराउने उद्देश्यका साथ उक्त निर्णय गरिएको अध्यक्ष असिम राईले बताएका छन् ।
गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले प्राविधिक शिक्षालयको समेत स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
यसबारे जिल्लावासी लाभान्वित भएका छन् ।
Facebook Comment
Comment