हेटौंडा। जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका–५ का ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको समयमा घरनजिकै बाख्रा खोरमा जाँदै गर्दा माझीलाई जंगली हात्तीले आक्रमण गरेको हो ।
हात्तीको आक्रमणमा घाइते भएका माझीको हेटौंडा अस्पतालमा उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसअघि, पनि अघिल्लो सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा एक महिलाको मृत्यु भएको थियो । मनहरी ४ की ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।
केही दिनअघि हेटौंडा–१८, कमानेडाँडामा पनि हात्तीको आक्रमणमा परी सोही ठाउँका ३० वर्षीय देव वाइवा घाइते भएका थिए ।
Facebook Comment
Comment