कल्याण श्रेष्ठ ज्ञान भएको तर विवेक नभएको मान्छे : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश राणाले नेपालकी पहिलो महिला प्रधानन्यायाधीश शुशिला कार्की अरुको कुरा सुनेर निर्णय दिने व्यक्ति भएकोसमेत आरोप लगाएका छन्।

नेपालभ्युज

कल्याण श्रेष्ठ ज्ञान भएको तर विवेक नभएको मान्छे : प्रधानन्यायाधीश राणा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ज्ञान भएर पनि विवेक नभएको मान्छे भएको आरोप लगाएका छन्।

बिहीबार एक टेलिभिजन कार्यक्रमसँगको अन्र्तवार्ताका क्रममा प्रधानन्यायाधीश राणाले पूर्व प्रधानन्यायाधीश श्रेष्ठमाथि यस्तो आरोप लगाएका हुन्।

कल्याण श्रेष्ठ नेपाली न्यायिक क्षेत्रका अगत्स्य ऋषिमुनि जस्तो सम्मान गर्न लायक व्यक्ति भएको बताउँदै प्रधानन्यायाधीश राणाले ज्ञान हुँदाहुँदै पनि श्रेष्ठमा विवेकको कमी भएको बताए।

‘‘न्यायिक क्षेत्रमा श्रेष्ठ समान अध्ययन भएको व्यक्ति कमै हुने भए पनि उहाँमा विवेकको भने कमी छ’’, प्रधानन्यायाधीश राणाले भने।

यस्तै, प्रधानन्यायाधीश राणाले नेपालकी पहिलो महिला प्रधानन्यायाधीश शुशिला कार्की अरुको कुरा सुनेर निर्णय दिने व्यक्ति भएकोसमेत आरोप लगाएका छन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर किचलो बढ्दै गर्दा पूर्वप्रधानन्यायाधीशहरुको समूहले प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए।

सोही परिस्थितिका बीच राणाले पूर्वप्रधानन्यायाधीश समूहका दुई व्यक्ति श्रेष्ठ र कार्कीविरुद्ध धावा बोलेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved