काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित नगरेको बताएका छन् ।
मंगलबार आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना खेपेका उनले बुधबार साँझ सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।
‘गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन ! आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन ! फूल बनेर हेरौँ ! काँडा बनेर होइन ! ‘ उनले फेसबुकमा लेखेका छन् ।
बुधबार राष्ट्रिय दलित आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयर साम्पाङलाई अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।
Facebook Comment
Comment