महोत्तरी-३ को प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार विजयी

नेपालभ्युज

महोत्तरी-३ को प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार विजयी

काठमाडौं। महोत्तरी ३ को प्रदेश सभा सदस्यमा लोसपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा (क) मा अभिराम शर्मा पुन निर्वाचित भएका छन ।

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार दीपेन्द्र झालाई एक सय ७४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । शर्माले नौ हजार आठ सय ९२ मत प्राप्त गरेका छन् भने झाले नौ हजार सात सय १८ मत पाएका छन् ।

शर्मा यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएका थिए । यस्तै, प्रदेशसभा(ख) मा पनि लोसपाका उम्मेदवार रानी शर्मा विजयी भएकी छन् । उनले ६ हजार चार सय १४ मत ल्याएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्वल झाले पाँच हजार चार सय ८९ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved