सन्दीपको आज थुनछेक बहस, कारागार जालान् की घर ?

नेपालभ्युज

सन्दीपको आज थुनछेक बहस, कारागार जालान् की घर ?
फाइल फोटो

काठमाडौं। किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको आज थुनछेक बहस हुने भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज थुनछेक बहस हुने भएको हो। मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको छ।

सन्दीपविरुद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो।

सम्बन्धित समाचार

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस भएन, बयान सकियो

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

सन्दीपविरुद्ध किशोरीको बयान : आफू निदाएको बेला दुईपटक जबरजस्ती करणी गरे

थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान् ?

सन्दीपको दाबी : युवतीले भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको बताएकी थिइन्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved