काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा सेपाकताक्रोको पुरुष र महिला डबल्सतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।
नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश १ र काश्य पदक बागमती प्रदेशले जिते ।
यसैगरी महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।
सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले काश्य पदक प्राप्त गर्यो ।
सेपाकताक्रोमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छन् ।
Facebook Comment
Comment