नास्तामा दूधसँगै अन्डा खादाँ कस्तो असर हुन्छ ?

नेपालभ्युज

नास्तामा दूधसँगै अन्डा खादाँ कस्तो असर हुन्छ ?

एजेन्सी । कतिपय मानिसले आफ्नो स्वास्थ्यलाई फिट राख्नका लागि नास्तामा दुधसँगै अन्डाको सेवन गर्ने गर्छन् । बच्चालाई पनि दूध र अन्डा सँगै दिने धेरैको बानी हुन्छ । आउनुहोस् दूध र अन्डा खाँदा कस्तो असर हुन्छ यसबारेमा जानौं ।

दूध र अन्डा एक साथ बिहान सेवन गर्न सकिन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई कम गर्न पनि सहयोग गर्छ ।
दूध र अन्डा साथमा खानु कतिपयका लागि भने हानिकारक पनि हुन सक्छ । त्यसैले विशेषज्ञहरुको राय लिएर मात्र यसलाई साथमा सेवन गर्नु उपयोगी हुन्छ ।
दूध र अन्डामा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् । जसले कपाल झर्न पनि कम गर्न सक्छन् । साथमा यसले कपाललाई स्वस्थ बनाउँछ ।
यी दुवैमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा दूध र अन्डा खाँदा मांसपेशीहरु पनि बलियो हुन्छन् ।
दिनभर आफ्नो मुड राम्रो बनाइ राख्नका लागि दूध र अन्डा खाने गर्नुहोस् । यो स्ट्रेस कम गर्न पनि सहयोगी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved