कालिगण्डकी र भेरी करिडोर पूर्णरुपमा अवरुद्ध, ८ राजमार्ग एकतर्फी सञ्चालन

नेपालभ्युज

कालिगण्डकी र भेरी करिडोर पूर्णरुपमा अवरुद्ध, ८ राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । देशका विभिन्न स्थानमा लगातार परेको वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोका कारण केही प्रमुख राजमार्ग प्रभावित भएका छन् ।

नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार ८ राजमार्ग एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् भने तीन वटा सडक पूर्णरुपमा अवरुद्ध छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित रवी राके भेडेटार सडक र संखुवासभाको मकालु गाउँपालिका–५ मा कोशी राजमार्ग पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

गण्डकीमा सबैभन्दा धेरै चार स्थानमा पहिरोका कारण सडक अवरुद्ध छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी र बुलिङटार, म्याग्दीको अन्नपूर्ण–३ र कास्कीको अन्नपूर्ण–६ स्थानमा क्रमशः महेन्द्र राजमार्ग, कालिगण्डकी करिडोर, बेनी–जोमसोम सडक र पोखरा–बागलुङ सडकमा एकतर्फी सवारी मात्र चलिरहेको प्रहरीले जनाएको छ ।

कालिगण्डकी करिडोर गुल्मीको कालिगण्डकी  गाउँपालिका-६ मा एकतर्फी रुपमा सञ्चालन भइरहेको छ भने सोही गाउँपालिकाको वडा नम्बर १ मा पूर्णरुपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved