लुम्बिनी प्रदेशका चार जिल्लामा आइतवार सार्वजनिक बिदा

नेपालभ्युज

लुम्बिनी प्रदेशका चार जिल्लामा आइतवार सार्वजनिक बिदा
फाइल फोटो

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतवार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १ गते भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।

भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved