काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत काठमाडौं जिल्ला अदालतमा छड्के हान्न पुगेका छन् । प्रधानन्यायाधीश राउत सोमबार अपरान्ह जिल्ला अदालत पुगेका हुन् ।
अदालत पुगेर उनले अदालतका कर्मचारी, अधिवक्ता छलफल गरे । उक्त छलफलका क्रममा उनले न्यायसम्पादन छिटो-छरितो बनाउन आग्रह गरे । उनले भने, ‘कसको ढिलो भयो, कसले दुःख पाए, कसको लामो समय भयो, माननीय न्यायाधीश के गर्दै हुनुहुन्छ ? थाहा पाउनुपर्यो ।’

प्रधानन्यायाधीश राउतले कर्मचारीलई अगाडि राखेर न्यायपालिकाका विकृति, विसंगति हटाउन आग्रह गरे । ‘जहाँ-जहाँ समस्या छ समाधान गर्नुपर्यो, न्यायापालिकाको समस्या समाधा गर्ने क्रममा यहाँभित्र जति पनि विकिृति-विसंगति देखियो भने हटाउनुपर्यो । दुर गर्नुपर्यो ।’

न्याय प्राप्तिको प्रक्रिया सहज र सर्वसुलभ बनाउने योजनाअन्तर्गत आफू जिल्ला अदालतको भ्रमणमा आएको उनले बताए । अदालत आएर उनले सेवाग्राही, कर्मचारी र अधिवक्तासँग छलफल गरेका थिए ।
Facebook Comment
Comment