मेसिन नहुँदा हातले यसरी बनाइँदैछ सञ्चो (तस्वीरहरू)

नेपालभ्युज

मेसिन नहुँदा हातले यसरी बनाइँदैछ सञ्चो (तस्वीरहरू)

काठमाडौं । गत चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीहरुको सभाले हिंसात्मक रुप लिदाँ दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौं मानिसहरु घाइते हुनु‌का साथै सार्वजनिक तथा निजी संरचनाहरु तोडफोड र आगजनी गरिएको थियो ।

सो दिनको घटनामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाईएर पूर्ण रुपमा प्रयोगविहीन नै बनेको थियो ।

यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् ।

अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन् ।

यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा शिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।

आगलागी हुनु पहिले मेसिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेसिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन रिजालले बताइन् ।

  

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved