काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।
विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।
विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने कार्यकारी निर्देशक शाक्यले बताए । मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको दाबी गर्दै उनले भइरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने धारणा राखे ।
शाक्यले विद्युत् आपूर्तिको स्थितिमा वर्षेनि सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको उल्लेख गरे ।
निजी क्षेत्र र उद्योगीहरूले सबैभन्दा बढी विद्युत् उपभोग गरेर विद्युत प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्याएकोले सम्मान गर्ने नीति लिएको विद्युत प्राधिकरणले जनाएको छ ।
Facebook Comment
Comment