महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

नेपालभ्युज

महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने योजना ल्याएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘महिला लक्षित उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरू वृद्धि गरिनेछ । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, उनले भने ।

यस्तै गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यसैगरी दुर्गम क्षेत्रका रहेका गर्भवती महिलाको उद्धारका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved