भिजिट भिसा प्रकरणका गृहमन्त्री निर्दोष : काङ्ग्रेस

नेपालभ्युज

भिजिट भिसा प्रकरणका गृहमन्त्री निर्दोष : काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको भन्दै बचाउ गरेको छ ।

पार्टी पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले ब्रिफिङ गरेका थिए । उनले बैठकमा आफ्नो कुनै कमजोरी नरहेको उनले बताए। ‘उहाँको कुराबाट हामी गृहमन्त्रीको कुनै संलग्नतामा छैन भन्ने निष्कर्षमा पुग्यौँ । उहाँ निर्दोष हुनुहुन्छ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

गृहमन्त्रीको बारेमा अफवाह फैलाइएको काङ्ग्रेसको निष्कर्ष रहेको उनको भनाइ छ । दोषीमाथि कडा कारबाही गर्नुपर्ने बैठकको निर्णय रहेको उनले बताए ।

गृहमन्त्री छानबिनको दायरामा नभएकाले दोषी हो भन्न नमिल्ने बैठकको निष्कर्ष छ । ‘छानबिन गर्ने आधिकारिक निकायले गृहमन्त्रीलाई तानेको छैन । त्यसैले उहाँलाई यसलाई मुछ्न मिल्दैन,’ महतले भने ।

यस प्रकरणको विषयमा गृहमन्त्रीले संसद्‌मा जवाफ दिने जानकारी महतले गराए । गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ । गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved