कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु
सांकेतिक तस्वीर

बुटवल । कपिलवस्तुमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका-५ जयनगरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृत्यु भएको छ ।

आइतबार साँझ खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाइ २५ वर्षीय शिवकुमार यादव जलेर गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा उनीहरुको मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयमा सोमबार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved