काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ जारी रहने भएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर गरिएका दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
न्यायाधीशद्वयले मंगलबार नै बहस सक्ने गरी छोट्याउन आग्रह गरे पनि बहस नसकिएकाले उक्त निवेदन र रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
-यसअघि समाचारको शीर्षक अन्यथा हुन गएकोमा सच्याइएको छ ।
Facebook Comment
Comment