ढुङ्गामाटोदेखि सिमेन्टसम्म : बारपाकको १० वर्ष (तस्वीरहरू)

ढुङ्गामाटोदेखि सिमेन्टसम्म : बारपाकको १० वर्ष (तस्वीरहरू)

काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले केन्द्रबिन्दु गोर्खाको बारपाकसहित देशैभर ठूलो क्षति पुर्‍यायो । भूकम्पमा परी ९ हजारको ज्यान गयो भने लाखौँ विस्थापित भए । त्यस भूकम्पमा बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाए ।

भूकम्पपछि बारपाकमा व्यापक पुनर्निर्माण भयो । ढुङ्गामाटाका पुराना घरहरू विस्थापित भएर सिमेन्ट र जस्ताका घरहरू बने ।

विगत २० वर्षदेखि फोटो पत्रकारिता गरिरहेका प्रकाशचन्द्र तिमिल्सेनाले आफ्नो क्यामेरामा कैद भएका भूकम्प अघि र पछिको बारपाकको फोटो प्रदर्शनी सुरु गरेका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आज (बिहीबार)देखि सुरु भएको “बारपाक फोटो प्रदर्शनी २०२५” मा पछिल्लो १० वर्षमा देखिएको बारपाकको रूपान्तरण, पुनर्निर्माणका चुनौती, सामाजिक अनुभव र स्थानीयको सहनशीलतालाई फोटोमार्फत प्रस्तुत गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु बारपाकलाई स्मृतिसँगै पर्यटन गन्तव्यका रूपमा चिनाउन पनि यो प्रदर्शनीले योगदान दिने फोटो पत्रकार तिमिल्सेनाको अपेक्षा छ । प्रदर्शनी यहीँ जेठ ३ गते शनिवार सम्म चल्ने छ ।

तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved