महिला विश्व क्रिकेटको एसिया छनोटमा नेपाल र हङकङबीच खेल हुँदै

नेपालभ्युज

महिला विश्व क्रिकेटको एसिया छनोटमा नेपाल र हङकङबीच खेल हुँदै

आईसीसी महिला विश्व कप टी २० क्रिकेटको एसिया कप छनोटको पहिलो खेलमा शुक्रबार नेपाल र हङकङबीच खेल हुँदै छ । थाइल्यान्डमा शुक्रबार पहिलो खेलमा नेपालले हङकङसँग खेल्न लागेको हो ।

नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा विहान सवा ८ सुरु हुनेछ । ९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved