भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर

नेपालभ्युज

भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
तस्वीर - एएफपी

काठमाडौं । भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ । भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यहरूले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीयपक्ष्को दाबी छ ।

भारतीयपक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ ।

उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् ।

यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

यसरी भारत र पाकिस्तान आक्रमणमा उत्रिएपछि अमेरिकी अपिल सार्वजनिक भएको छ । अमेरिकाले दुवै देशलाई आक्रमण बन्द गर्न अपिल गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रूसले प्रेस ब्रिफिङका क्रममा भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अपिल गरेकी हुन् । उनले भनिन्, ‘अमेरिकाको यो सन्देश छ कि हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ । मध्य–पूर्वले युद्ध समाधान नभएको पुष्टि गरेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved