विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

नेपालभ्युज

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

काठमाडौं । हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।

हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए । टाईम्स अफ इजरायलका अनुसार मृत हुन सक्ने शंका गरिएका तीन जना बन्धक छन् । तीन जना मध्ये एक जना विपिन जोशी हुन् भने बाँकी एक जना इजरायली र एक जना थाईल्याण्डका हुन् ।

यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।

हमाससँग अझै ५९ जना बन्धक बाँकी छन् । यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ । २१ जना जिवितै रहेको प्रमाण भेटिएको छ भने विपिन जोशीसहित तीन जना जिवित रहेको प्रमाण अझै भेटिएको छैन । बन्धकका परिवारहरूलाई बन्धकहरूको अवस्थाबारे निरन्तर जानकारी दिने गरिएको पनि टाईम्स अफ इजरायलले एक जना अधिकारीको हवाला दिएर लेखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved