नेप्से १२ अंकले घट्यो

नेपालभ्युज

नेप्से १२ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिनमा सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । बुधबार १० अर्ब ५१ करोड रूपैयाँ बराबरको कारोबार हुँदा बिहीबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, छ्यांदी हाइड्रोपावर र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ कम्पनीको मूल्य बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved