कुकुरले टोकेको बेवास्ता गर्दा रेबिज लागेर युवकको ज्यान गयो

नेपालभ्युज

कुकुरले टोकेको बेवास्ता गर्दा रेबिज लागेर युवकको ज्यान गयो
प्रतीकात्मक तस्वीर

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार प्रजाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved