मण्डला थिएटरमा नयाँ सिजन ११ निर्देशकका नाटक मञ्चन हुँदै

नेपालभ्युज

मण्डला थिएटरमा नयाँ सिजन ११ निर्देशकका नाटक मञ्चन हुँदै

काठमाडौं । मण्डला थिएटर नेपालले नाट्य सिजन २०८२–८३ का लागि ११ जना निर्देशकको नाटक घोषणा गरेको छ ।

थिएटरले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सिजनमा प्रस्तुत हुने नाटकहरूले कलात्मक प्रयोग, नवीनता र सामाजिक विषयवस्तुलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

११ जना निर्देशकमा मण्डला बोर्डका ५ जना र अतिथि निर्देशक ६ जना छन् । जसमध्ये थिएटरबाट सोमनाथ खनाल, सुरज यादव, उमेश तामाङ, विकास जोशी र बुद्धि तामाङद्वारा निर्देशित नाटकहरू मञ्चन हुनेछन् ।

यसैगरी अतिथि निर्देशकमा सरस्वती चौधरी, गुन्जन दीक्षित, सङ्गीता थापा मगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामीको निर्देशनमा बनेका नाटक मञ्चन हुनेछन् । यसबाहेक अघिल्लो सिजनमा निर्देशक अनुप बराल र किरण चाम्लिङ राईको मञ्चन स्थगित भएका दुई नाटक यो सिजनमा मञ्चन गरिने बताइएको छ ।

नयाँ सिजनमा मनोवैज्ञानिक, पारिवारिक, सामाजिक, नारी–कथा, अनुभव–कथा तथा बालबालिकाका लागि विशेष गरी तयार पारिएका नाटकहरू प्रस्तुत गरिने थिएटरले जनाएको छ ।

प्रस्तुत नाटकले लैङ्गिक न्याय, महिला अधिकार, समावेशिता, एलजिबिटिआई समुदायको आवाज, प्रविधिको प्रभाव, युद्धपछिको अवस्थासहितका विषयहरूलाई समेत समेटिने छ ।

मण्डला थिएटरले सन् २०१० देखि नाटकमार्फत सामाजिक संवाद, नवीनता र कलात्मक प्रस्तुतीमार्फत दर्शकसँग निरन्तर सम्बन्ध कायम गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved