९० जना आतंकवादी मारेको भारतको दाबी, पाकिस्तानले के भन्यो ?

नेपालभ्युज

९० जना आतंकवादी मारेको भारतको दाबी, पाकिस्तानले के भन्यो ?

काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी गरेका छन् । तर उसको यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।

उता पाकिस्तानले भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सञ्चार माध्यहरूले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । पाकिस्तानले ८ जना नागरिक मारिएको र ३५ जना घाइते भएको जनाएको छ ।

भारतको पहलगाममा एक जना नेपालीसहित २६ जना आतंकवादी आक्रमणमा मारिएपछि यसको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सैन्य कारबाही गरेको हो । भारतले यसलाई अप्रेसन सिन्दुर नाम दिएको छ ।

भारतको एयरस्ट्राइकपछि भारत र पाकिस्तान दुवै उच्च सतर्कमा छन् । भारत र पाकिस्तान दुवैतर्फ एयरस्पेस बन्द गरिएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved